चितवनमा मैयाँदेवी स्‍मृति यु १९ महिला क्रिकेट प्रतियोगिता सुरु, गण्डकी प्रदेशको विजयी सुरुवात

0 0
Ads here
Read Time:2 मिनेट, 45 सेकेन्ड

चेरवन्त खबर डेस्क

चितवनमा प्रदेशस्तरीय यु(१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबार देखी सुरु भएको हो ।

raining add

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । चितवनको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १० ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केशीले नटआउट २० रन बनाईन् । ३४ बल खेलेकी सीमानाले २ चौका प्रहार गरिन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले १(१ विकेट लिए ।

tamagadhi emergency add

त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिम १६ ओभर १ बलमा ५७ रनमा समेटियो । उसका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् । ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले १(१ विकेट हात पारे । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।

Breast Feeding Ads

यस अघि प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा मेयर दाहालसँगै, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मैयाँदेवी ट्रष्टका महासचिव टंकनाथ पौडेल र नेपाल नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतले बोलेका थिए । १९ गतेसम्म चल्ने प्रतियोगिताका सातै प्रदेशबाट महिला टोलीको सहभागिता छ । यस प्रतियोगितालाई क्यानले आफ्नो वार्षिक क्यालेन्डरमा समेत समेटेको थियो ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।