करैयामाई गाँउपालिकद्वारा निःशुल्क आयोगको तयारी कक्षा उद्घाटन समारोह सम्पन्न

0 0
Ads here
Read Time:2 मिनेट, 50 सेकेन्ड

जितेन कुमार
बारा जिल्लाको करैयामाई गाँउपालिको आर्थिक सहयोगमा लोक सेवा तथा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालनको उद्घाटन समारोह कार्यक्रमको प्रमुख अतिथि गाँउपालिका प्रमुख भुनेश्वर धामीद्वारा मैन बति बाली उद्घाटन गरी आरम्भ भएको छ ।

cold baat bachau

tamagadhi emergency add

Breast Feeding Ads

सो कार्यक्रममा गाँउपालिका प्रमुख धामी, उप प्रमुख चित्रलेखा चौधरी, करैयामाई गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरी, योजना प्रमुख अधिकृत विरेन्द्र कुश्वाहा, तालिम केन्द्र बाराका अधिकृत शिवशंकर चौधरी, लगायत करैयामाई गाउँ पालिकाका १ देखि ८ सम्मका वडाध्यक्षहरू उपस्थित हुनु भएको थियो ।

Kolhabi Ads

गाँउपालिका प्रमुख धामीले लोक सेवा तथा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गरी यस गाँउपालिका अन्तर्गतका सम्पूर्ण बेरोजगार तथा गरीब जेहन्दार युवायुवतीलाई नेपाल सरकारको शिक्षक तथा निजामती सेवामा प्रवेश हुन सहयोग पुग्ने बताउनु भएको छ । त्यस्तै तालिम केन्द्र बारा अधिकृत चौधरीले लोक सेवा तथा शिक्षक सेवा आयोग कुनै गाह्रो बिषय नभई निरन्तरको प्रयासले सफल भइन्छ । करैयामाई गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरीले निःशुल्क तयारी कक्षाबाट यस गाँउपालिका अन्तर्गतका युवायुवतीहरू आकर्षित भई बेरोजगारीको समस्या केहि कम हुने विश्वास गरेका छन् ।

उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सोनालाल साह , वडा नं. ७ डाध्यक्ष बिरिज चौधरी, ४ का वडाध्यक्ष जानाबि खातुन, ८ वाडा अध्यक्ष सुरेन्द्र साह ज्यूहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। कक्षा सञ्चालन आश्विन २६ गते बिहान ७ बजे देखी श्री जनता माध्यामिक विद्यालय करैयामाई ७ उमजनमा सञ्चालन हुने जानकारी कार्यक्रमको सभापति करैयामाई गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक लक्ष्मण भट्टराईले  जानकारी गराउनु भयो ।

 

 

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।