बाराको एसपी काफ्लेलाई बदनाम गराउदै साना दर्जाका कर्मचारी

0 0
Ads here
Read Time:2 मिनेट, 21 सेकेन्ड

बारा कलैया, ३ पौष

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेलाई साना दर्जाका कर्मचारीहरु नै बदनाम गराउन थालिएको एक घटनाले उजागर पारेको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाई स्थित लाग्ने गरेको पाच बर्षिय श्री काटवासी माई मन्दिरमा लाग्ने मेलामा प्रहरीहरुकै संरक्षणमा थिएटर नचाउन थालिएपछि घटना उजागर भएको हो ।

raining add

कटवासी माई मेलामा भारतीय केटीहरुलाई बोलाई सो मेलामा भोजपुरी अश्लील गित बजाउदै नचाउने गरेको पाइएको छ । सो सम्बन्धमा स्थलगत समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई मेलामै लगाएका पसलेहरुले स्थानीय प्रहरी प्रशासनकै मिलोमतोमा थिएटर नचाउने गरेको बताएका थिए । स्थानीय प्रहरी चौकी तेलकुवाका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक राजु साहकै छत्रछाया पाए पश्चात थिएटरको आयोजना समेत भएको बिभिन्न ठाउहरुबाट आएका पसल संचालकहरु बताउछन ।

tamagadhi emergency add

यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले आफुलाई केहि जानकारी नगराई थिएटर नचाउने गरेको बताए । कटवासी माई मेलामा मात्र नभई जिल्लाको कुनैपनि ठाउहरुमा थिएटर अथवा आर्केष्टा जस्ता कृयाकलाप गरेको भेटाए नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडी बढाउने बताए । उनका अनुसार कटवासी माई मेलामा आयोजना गरिएको थिएटरबाट दुई जना युवति र एक जना पुरुष गरी तिन जनालाई नियन्त्रणमा लिएको बेला स्थानीय जनप्रतिनिधिहरुको पैरवीले छोडिएको समेत बताउनुभयो । संम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
75 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।