सशस्त्र प्रहरी उपरीक्षक डागी बिस्वास पात्रबाट पैसा लिई कमाई गर्दै

0 0
Ads here
Read Time:4 मिनेट, 42 सेकेन्ड

सशस्त्र प्रहरी उपरीक्षक डागी बिस्वास पात्रबाट पैसा लिई कमाई गर्दै

 

कलैया, १७ मंसिर

 

raining add

सशस्त्र प्रहरी नेपाल १२ नम्बर गणको गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डागी आफ्नो बिस्वास पात्रबाट पैसा लिई कमाई गर्दै गरेको रहस्य बाहिर आएको छ।

 

tamagadhi emergency add

बारा जिल्लाको सिमानाकाबाट हुने तस्करी तथा अपराधी क्रियाकलापलाई निरुत्साहित पार्ने जिम्मेवारी पाएका १२ नम्बर गणका गणपति डागी आफै कमाई गर्ने तर्फ अग्रसर भएको जानकारी प्राप्त भएको छ। सशस्त्र प्रहरी उपरीक्षक डाँगी आफ्नो जिम्मेवारी वा सँगठनको निति नियम बिपरीत बाराबाट कमाई गरी जाने मनसाय बनाएको उहाँको काम कारबाहीबाट समेत प्रमाणित हुने गरेको छ।

 

 

Breast Feeding Ads

डाँगी बाराबाट आर्थिक कलेक्सन गर्न नाम नचलेका एक जना पत्रकार सहित बिओपि ईन्चार्ज तथा सिमा सुरक्षा ईन्चार्जलाई परिचालित गरेको रहस्य बाहिर आएको छ। सशस्त्र प्रहरी उपरीक्षक डागिको १२ नम्बर गणबाट सरुवा हुन करिव दुई महिना मात्र बाँकि रहेको यस्तो कदम उठाएको समेत श्रोतको दाबि रहेको छ।

 

Kolhabi Ads

श्रोतको अनुसार एक जना पत्रकार तथा सुरक्षा बेश क्याम्प निगगढका ईन्चार्ज एवम् सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश शर्मा , प्रस्तावित सिमा सुरक्षा गुल्मपति एबम् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सिंह धामी, प्रस्तावित सिमा सुरक्षा गुल्मपति एबम् सशस्त्र प्रहरी नायब उपरीक्षक कविन्द्र महर्जन र सिमा सुरक्षा बेश क्याम्प जितपुरका ईन्चार्ज एबम् सशस्त्र प्रहरी नायब उपरीक्षक जनक जँग भँडारीको मार्फतबाट पैसा उठाउने तथा लिने गरेका छन्।

 

साथै सशस्त्र प्रहरी नायव उपरिक्षकहरु मातहतमा रहेका फर्वाड बेश क्याम्प ईन्चार्ज , बिओपि ईन्चार्ज तथा सुरक्षा बेश क्याम्पबाट तस्करी बापतको महिनावारी उठाई लिई डागीलाई पुर्याउने गरेका छन्। भने डाँगिको बिस्वास पात्र रहेका पत्रकारले पनि नेपाल प्रहरीको माध्यमबाट तस्करीको लाईन क्लियर गरेको तस्करहरुको पैसा लिएर जाने गरेको स्रोतको दाबि रहेको छ।

 

 

डागिले तस्करीको पैसा लिन शुरु गरेपछि बाराबाट हुने तस्करीको लाईन निर्वाध रुपमा सँचालन भईरहेको पुष्टि बेला बखत जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरीएको तथ्याङ्कबाट प्रमाणित हुने गरेको छ। भने डागी १२ नम्बर गणको कमाण्ड समाले देखि नै जिल्लमा सक्रिय रहेका पत्रकारहरुलाई चाहिने सुचना समेत बन्द भएको छ। बन्द पनि किन नहुनु डागिले तस्करी निरुत्साहित गर्नुभन्दा बढी तस्करीलाई कमाई खाने भाडो नै बनाएका छन्। साथै एक दुई पहिला पनि डागिले गर्दा सिमानाकामा बस्ने बासिन्दालाई तस्करीको गाडीले सुत्न ग्राहो भएको भन्ने कुरा छिन्नमस्ता बाहिनीमा नै उनुरी परेको छ।

 

 

यस बियमा आर्थिक वर्ष २०७९/०८० मा १२ नम्बर गणले गरेको प्रगति तथा राजस्व बुझाएको विवरण डागीसँग बारम्बार माग गर्दा पनि उपलब्ध हुन नसकेको कारण उहाको प्रगति तथा नियतमा रहेको कमाई खाने कुरालाई प्रष्ट पारेको छ। त्यसैले छिन्नमस्ता बाहिनी तथा सशस्त्र प्रहरी प्रधान कार्यालयको यता तिर ध्यानाकर्षण हुन आवश्यक रहेको छ। संम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।