नेशनल पानीको शिल बोतलमा माकुरा र कमिला फेला पर्दा पनि उपभोक्ता समितिहरु मौन

0 0
Ads here
Read Time:4 मिनेट, 11 सेकेन्ड

नेशनल पानीको शिल बोतलमा माकुरा र कमिला फेला पर्दा पनि उपभोक्ता समितिहरु मौन

 

 

 

कलैया , २० कात्तिक

 

raining add

प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उधोगले उपभोक्तालाई विक्री गर्न पठाएको प्रशोधित पानीको बोतलमा माकुरा भेटिएपछि असोज १६ गते उद्योगमा शिलबन्दी गरिएको थियो।

 

tamagadhi emergency add

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको नेतृत्वमा गएको टोलिले उक्त उधोगमा अनुगमन गर्दा उद्योगमा मापदण्ड अनुसार सञ्चालित नरहेको, सरसफाइ नगरेको र पानीको गुणस्तरमा समेत शङ्का लागेको कारण शिलबन्दी गरीएको थियो। साथै उक्त पानीको केहि नमुना सँकलन गरी ल्याब टेष्टको लागि पठाईएको थियो।

 

Breast Feeding Ads

ल्याब टेष्टको लागि जिल्ला प्रशासन कार्यालय बाराले केहि नमुना पठाएपनि नेशनल पानीको सँचालक बिजय यादवले जिल्ला प्रशासन कार्यालय बारामा बिचौलिया प्रयोग गरी कुरा मिलाउन खोजेको समाचार नै बिभिन्न सँचार माध्यमबाट प्रकाशन भएको थियो। प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा निष्पक्ष रहि न्याय सम्पादन गरेको कारण उधोग सँचालक यादवको बिचौलियाको केहि चलेको थिएन।

 

Kolhabi Ads

ल्याब टेष्टको लागि पठाईएको नेशनल पानी रिपोट असोज २३ गते मँगलबार जिल्ला प्रशासन कार्यालय बारामा आएको थियो। ल्याब रिपोर्ट राम्रो भएकोले प्रमुख जिल्ला अधिकारी सापकोटाले नेशनलमा पानीमा माकुरा भेटिएको कारण उपभोक्ता हकहित संरक्षण ऐेन अनुसार उक्त उधोगलाई रु दुई लाख जरिवाना गरेका थिए।

 

नेशनल पानी उधोगको सँचालक बिजय यादवले जिल्ला प्रशासन कार्यालय बारामा जरिवानाको रु दुई लाख जम्मा गरेपछि उक्त उधोगको शिलबन्दी खुलेको छ। तर शिलबन्दी खुलेको हप्ता दिन नबित्दै पुनः उक्त पानीको शिल बोतलमा ठुलो कमिला फेला परेको छ।

 

यसरी नेशनल पानीको शिल बोतलमा माकुरा र ठुलो कमिला भेटिने गरेकोले उक्त उधोगलाई बन्द नै गराएर उपभोताको स्वास्थ्य बचाउन उपभोक्ताहरुले माग गरेका छन्। साथै नेशनल पानीको शिलबन्दी खुलेको केहि दिनमा नै कमिला भटिएकोमा उधोगको सँचालकले ल्याबमा चलखेल गरेको हुन शँका उत्पन भएको गुनासो उपभोक्ताहरुको रहेको छ।

 

यसरी उक्त उधोगको शिल बोतलमा नै माकुरा र ठुलो कमिला फेला परिरहेको हुनाले जिल्लामा सक्रिय रहेका उपभोक्ता हित संरक्षण समिति र उपभोक्ता मन्च नेपालले हालसम्म कुनै किसिमको क्रियाकलाप नगरेको पाईएको छ।

 

नेपालमा रहेका सम्पुर्ण राजनिति दलले उपभोक्ता संरक्षण गर्ने उपभोक्ता समिति गठन गरेपनि बारा जिल्लामा सक्रिय रहेका उपभोता समितिहरु केहि बोल्न नसकेको देखेर उपभोक्ताहरु नै आश्चर्य चकित भएका छन्। भने राजनिति दलले गठन गरेको उपभोत्ता समिति नामको लागि मात्र रहेको भन्ने प्रश्न समेत गरेका छन्। संम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।