कोल्हबी ४ स्थित बैदेशिक रोजगार बिभाग सपहीद्वारा अति बिपन्न ६० जनालाई ब्लाङ्केट वितरण

0 0
Ads here
Read Time:2 मिनेट, 49 सेकेन्ड

अभय दुबे, कोल्हबी

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ४ सपही चौकमा रहेको अम्बेश्वर महादेव मन्दिरको प्रांगणमा अति बिपन्न, गरिब, मजदुर तथा ज्यालाारी गरी जिविकोपार्जन गर्ने दलित सामुदाय मध्यका ६० जनालाई न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको छ ।

cold baat bachau

बिदेशी भुमीमा गरेको परिश्रम मातृभुमीको सेवामा खर्चिने, बैदेशिक रोजगार बिभाग वडा नम्बर ४ का संस्थापक राजेन्द्र सुबेदी लगायत बिदेशमा रोजगार गरिरहेका ब्याक्तित्वहरुको सहयोगबाट सो न्यानो कपडा वितरण गरिएको हो ।

tamagadhi emergency add

औपचारिक रुपमा राष्ट्रिय गान बजाई शुरु गरिएको सो कार्यक्रमका प्रमुख अतिथि कोल्हवी ४ का वडा अध्यक्ष भेषबहादुर ढकालले आफ्नो मन्तब्य राख्दै राष्ट्र एकता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको छ । मानवीय सहयोग गर्नमा हामीलाई समस्या धेरै छ । तर वैदेशिक रोजगारीमा गएका युवाहरूले आफूले कमाएको पैसा एउटा कोषमा जम्मा गरेर यो उदाहरणिय कार्य गरेको भन्दै युवाहरूलाई धन्यबाद समेत दिनु भएको हो ।

Breast Feeding Ads

कार्यक्रमको अध्यक्ष तथा बैदेशिक रोजगारका प्रतिनिधि गोविन्द गौलीले आफ्नो मन्तब्य राख्दै संस्थाको कुनै राजनीति गर्ने उद्देश्य नरहेको र हामीहरू सङ्ग हुने जतिको सहयोग हरेक पल गर्नलाई तयार रहने भन्ने कुरा बताउनु भयो ।

Kolhabi Ads

कार्यक्रममा  अतिथिहरुमा समाजसेवी जगदेव चौधारी , तपेश्वर राय थारु, सुरेन्द्रनाथ उप्रेती,विधराज सुवेदी , बुद्धिसागर गाउले , कालिका बि. क., देवकान्त चौधारी , कोपिला भण्डारी, उमाशंकर चौधरी, विष्णु प्रसाद मैनाली , मञ्जु चौधरी लगायत समाजका विभिन्न अगुवा व्यक्तिहरू समेत उपस्थिति रहेका थिए ।

बैदेशिक रोजगार विभागका संस्थापक कर्ता राजेन्द्र सुवेदीको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो। भने कार्यक्रमको सञ्चालक दिपेन्द्र सुवेदीले गरेका थिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।