कोल्हबीमा कृषिलाई पहिलो प्राथमिकता र शिक्षामा बिशेष जोड दिईने नगरप्रमुख चौधरीको भनाई

0 0
Ads here
Read Time:3 मिनेट, 1 सेकेन्ड

सुजन अधिकारी, कोल्हबी

बारा जिल्लाको कोल्हबी नगरपालिकामा नव निर्वाचित नगरप्रमुख रामप्रसाद चौधरी र उपप्रमुख लक्ष्मी कुमारी चौधरीले पदभार ग्रहण गरेका छन । पालिकाले आयोजना गरेको एक कार्यक्रम बिच भब्य रुपमा फुल माला अबिर र दोसल्ला ओढाई स्वागतका साथ पदभार ग्रहण गराइएको हो ।

raining add

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले कृषि तर्फ बिशेष जोड दिईने बताउनु भयो । वहाँले मल खाद्य लगयात बीउ बिजन तथा कृषिमा चाहिने हरेक कुराको आपूर्ति गरि सहि र निष्पक्ष रुपमा किसानलाई वितरण गरिने बताउनु भयो । कृषिका लागि चाहिने विद्युतिय मिटर तथा शुल्कमा पनि पचास प्रतिशत अनुदानको ब्यबस्थापन नगरपालिकाले अनुदानको गर्ने चेरवन्त खबरलाई जानकारी दिनु भयो ।

tamagadhi emergency add

त्यसतै शिक्षा तर्फ कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थीलाई कुनै पनि शुल्क न लाग्ने व्यवस्था गरिने, सपही कलेजमा अध्यनरत विद्यार्थीलाई लाग्ने शुल्कमा पचास प्रतिशत छुट दिईने र सोको लागि पालिकाले अनुदान दिने स्पष्ट पार्नु भएको थियो । पालिकामा बेरोजगार युवाको संख्या धेरै भएकोले सो समस्या समाधानका लागि लोक सेवा आयोग कोचिङ्ग सेन्टरको स्थापना गरि निशुल्क शिक्षा प्रदान गरिने कुराको पनि प्रतिबद्धता गरेका हुन ।नगरमा भएका दलित लगायत अति बिपन्न बर्गका नागरिकका लागि पालिकाले स्वास्थ्य बिमा निशुल्क गराई दिने, कोल्हबी बजारलाई व्यवस्थापन गर्नका लागि कृषि सेड जस्तै बजार भरी बनाइने कुरामा पहिलो प्राथमिकता दिईने चेरवन्त खबरलाई बताउनु भएको छ ।सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मो। साबिर ठकुराई, पुर्व नगर प्रमुख भरत बहादुर भण्डारी, पालिकामा नव निर्वाचित जनप्रतिनिधिहरु, तामागढी साझेदारी बन व्यवस्थापन समितीका अध्यक्ष रबिन्द्र पनुहर, उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष महेश कुमार साह लगायत कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, शुभेच्छुक स्थानिय बासीहरुको उपस्थित रहेको थियो ।                                             

 

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
17 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।