बाराको पचरौता नगरपालिका १ र ६ मा खाद्यान्न सामग्री बितरण

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 8 सेकेन्ड
Manakamana Gold

सिकिन्द्र साह
बारा जिल्ला पचरौता नगरपालिकाको वडा नम्बर १ र ६ मा बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरेना भाइरसबाट बचाउन सरकारले गरेको लक डाउनको कारण दैनिक मजदुरि गरेर खानेहरुलार्इ समस्या देखिएकोले बाराको पचरौता नगरपालिकामा राहत बितरण गरिएको छ। वडा नम्बर १ मुसहर बस्ती पकडिया टोलमा गरिब तथा बिपन्न परिवारलाई राहत बितरण गरिएको हो । वडा नम्बर १ र ६ मा सात सय चौरासी घरधुरीमा पचिस किलो चामल, पाच किलो आलु, एक लिटर खाने तेल, एक किलो नुन र मसुरोको दाल दुई किलो बितरण गरिएको छ भन्ने जानकारी नगर प्रमुख रमेशकुमार यादवले बताएका थिए। सर्बदलिय बैठक गरेर गरिब र अति बिपन्न परिवारको पहिचान गरि राहत खाद्यान्न सामग्री बितरण गरिएको वडा अध्यक्ष मखबुल मियाँ अन्सारी र जगतनरायण प्रसाद यादवले बताएका थिए। राहत बितरण कार्यक्रममा नगरबासिहरुलाइ कोरोना भाइरसबाट बच्न लक डाउनको पालना गर्न नगर प्रमुखले आग्रह समेत गरेका थिए। घरमै बस्न र तीन फिटको दुरि अपनाउन र साबुन पानिले हात धुनको साथै मास्क लगाएर बस्न आग्रह समेत गरेका थिए। राहत बितरण कार्यक्रममा स्थानिय नेता अखिलेश यादव, दिनेशवर प्रसाद यादव, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरी निरीक्षक कुल खडका, वडा सदस्य चन्द्र सेखर प्रसाद साह, वडा सचिव महबुब मन्सुरि लगायतको सहभागितामा समाजिक दुरि कायम गरि खाद्यान्न बितरण गरिएको थिए।

Incidents Registration
0 0
Novel Corona Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु