सहिद परिवारलाई सम्मान गरिने कार्यक्रम मधेसी दलद्वारा बिथोल्ने प्रयास गर्दा पनि सफलता पुर्वक सम्पन्न

0 0
Ads here
Read Time:3 मिनेट, 27 सेकेन्ड

चेरवन्त खबर डेस्क

सहिद परिवारलाई सम्मान कार्यक्रम मधेसी दलद्वारा बिथोल्ने प्रयास गरे पनि कार्यक्रम सफल सफल भएको छ। मधेस जनविद्रोह समितिद्वारा हरेक वर्ष झै यो वर्ष पनि मधेस आन्दोलनमा सहादत प्राप्त भएका परिवारजनलाई सम्मान २०७३ देखि गर्दै आएका छन् ।

raining add

बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ५ गण्डक बहुवरीमा हिजो कार्यक्रम हुदा जसपा नेपालका वडा अध्यक्ष रामेश्वर साह कलवारले आफै खडा भएर कार्यक्रम बिथोल्नलाई वडा प्रहरी कार्यालयबाट प्रहरी बोलाएर बिथोल्न निर्देशन दिएका थिए। तर प्रहरीले सबै कुरा निरीक्षण गरि केही हस्तक्षेप नगरे पछि कार्यक्रम सफल भएको छ।

tamagadhi emergency add

वडा अध्यक्ष कलवारले आफू सर्वोच्च बुझेर म जे गरे सबै नियम नै हो भन्ने धाक देखाउदै संचारकर्मी संग नै बाझेका थिए, म संग सोधेर यहाँ समाचार संकलन गर्न आएको भने प्रश्न गरेका थिए। कार्यक्रम विथोल्नलाई आफ्नो समकक्षीलाई लगाएर अगाडी सारेका थिए।

Breast Feeding Ads

जनप्रतिनिधि भनेको जनताको प्रतिनिधित्व गर्ने हो तर जनताका लागि ज्यान गुमाएका सहिद परिवार लाई सम्मान कार्यक्रम नै बिथोल्नु भनेको धेरै कुराको संकेत दिएको हो। वडामा कुनै कार्यक्रम गर्न लाई वडा अध्यक्ष संग सोधेर गर्नु पर्छ र सार्वजनिक ठाउँमा विना सोधी कुनै किसिमको कार्यगर्न नमिल्ने भनी धाक देखाएका थिए।

Kolhabi Ads

वडा अध्यक्ष कलवारले विकासको नाममा ५० वटा रुख लाई नष्ट गरि आफ्नो नाम कमाउन लाई आज पनि कार्यक्रम बिथोल्न अध्यक्षको सोच रहेको मजविसका केन्द्रिय सदस्य अजय पटेलले बताए। पटेलका अनुसार हामीले पर्यावरण संरक्षणका लागि बृक्षारोपन गरेका थिए तर वडा अध्यक्ष कलवारले अरुले केही नगरोस नत्र भने अरुको नाम हुन्छ भन्ने संकिर्णसोचले ग्रसित भएर त्यो जेसिबी लगाएर सबै वृक्ष नष्ट गरेको बताए।

सहिद परिवार द्वारा सहिदको नाम अमर रहोस भन्ने सोचले बृक्ष लगाउन जादा वडा प्रहरीकै सामु आफ्नो धाक देखाउदै लगाउन नदिएको हो। अध्यक्षले मधेसी दल मध्ये जसपा नेपालको भएर मात्र यस्तो गरेको हो किनकी उनकै पार्टीका बन मंत्री भएर पार्टीको धाक देखाउदै लगाउन नदिएको केस पटेलले बताए। कार्यक्रम कोभिडको कारण लगाइएको नियम भित्र १० देखि १५ जनाको सहभागितामा मात्र गरिएको थियो। यो सामाचार आजको शुभ आरम्भ राष्ट्रिय दैनिकमा छापिएको हो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।