बारागढी गाउँपालिकाको कामकाज दुई हप्तादेखि अवरुद्ध

0 0
Ads here
Read Time:3 मिनेट, 20 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा यहि पौष २८ गते भएको थियो। नयाँ आउने प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई गाउँ पालिका उपाध्यक्ष लक्ष्मी देबि रायले हाजिर गराएकि थिईन। गाउँपालिका अध्यक्ष देवदत्त बछार थारुले निबर्तमान प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीलाई जान नदिने भएपछि बिबाद उत्पन्न भएको छ।

raining add

हालको प्रमुख प्रशासकीय अधिकृत पालले कार्यालयमा कामकाज गर्न जाँदा सो गाउँपालिकाको जनप्रतिनिधि लगायत केहि क्रमचारीहरु निबर्तमान प्रमुख प्रशासकीय अधिकृत चौधरी राम्रो काम गरेको चौधरी नै अधिकृतमा बस्नु पर्ने माग राखेका छन्। जसले गर्दा प्रमुख प्रशासकीय अधिकृत चौधरी नै बस्नु पर्ने माग राखि माघ ६ गते जनप्रतिनिधि लगायत स्थानियहरु बिरोध प्रदर्शन गरेका थिए।

tamagadhi emergency add

त्यस्तै नाताबाद , भ्रष्टाचार प्रमुख प्रशासकीय अधिकृत नचाहिने गाउँपालिका अध्यक्ष सँग मिलि कागजात मिलाउन नपाईने , नेपालको कानुन बमोजिम आएका प्रमुख प्रशासकीय अधिकृत पाललाई नै कामकाज खटाउने भनि माघ ९ गते अर्का पक्षका स्थानियहरु बिरोध प्रदर्शन गरेका थिए।

Breast Feeding Ads

दुबै पक्षको बिरोध प्रदर्शन भएपछि गाउँपालिका अध्यक्ष थारु पक्षले काठमाडौंमा बसि निबर्तमान प्रमुख प्रशासकीय अधिकृत चौधरीको सरुवा रोका गराउन लागेका छन्। भने यता हालको प्रमुख प्रशासकीय अधिकृत पाललाई नै कामकाजमा खटाउने भनि गाउँ पालिका उपाध्यक्ष पक्ष लगायत पाल समेत काठमाडौंमा नै बस्दै आएका छन। जसले गर्दा गाउँपालिका अध्यक्ष लगायत दुबै प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएकोले कामकाज नै प्रभावित भएको छ।

Kolhabi Ads

उक्त गाउँपालिकामा गाउँपालिका अध्यक्ष थारु र उपाध्यक्ष राय बिच कुरा नमिल्दा निबर्तमान प्रमुख प्रशासकीय अधिकृत चौधरीको रवाना पत्र तयार भएपनि चौधरीले रवाना पत्र बुझेका छैनन्। भने हालको प्रमुख प्रशासकीय अधिकृत पालले आर्थिक कारोबार गर्न अख्तियारी पाएका छैनन। जसले गर्दा गाउँपालिकाबाट भएको बिभिन्न शिर्षकको भुक्तानी हुन सकेको छैन । त्यस्तै बिभिन्न शिर्षकको सम्झौता लगायत बिकास निर्माण नै अवरुद्ध भएको स्थानियहरु बताउने गरेका छन्।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।