एक साताभित्र विश्वासको मत लिने मधेस प्रदेशका मुख्यमन्त्री यादवको तयारी

0 0
Ads here
Read Time:1 मिनेट, 54 सेकेन्ड

चेरवन्त खबर डेस्क

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेको स्रोतको जानकारी दिएको हो ।

raining add

जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।

tamagadhi emergency add
Breast Feeding Ads

मुख्यमन्त्री यादवले रातोपाटीसँग भने,‘म अहिले जिल्लामा छु, ३÷४ दिनमा जनकपुर फर्किन्छु । त्यसपछि गठबन्धन दलहरुसँग छलफल गर्छु, अनि विश्वासको मत लिन्छु । तर त्यो भनेको यही साताभित्रै हो, विश्वासको मत लिने ।’

Kolhabi Ads

सरकारमा रहेका कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेको मुख्यमन्त्री यादवको भनाइ छ ।

पाँच दिन अगाडि सरकारमा सहभागी जनमत पार्टीले सरकारबाट बाहिरिँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।  रातो पाटीबाट

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।