नवीन चौधरी, कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोल्हबी नगरपालिकाका वडा नम्बर १ र ९ मा तदर्थ वडा समिति गठन गरेको छ। बैशाख २३ गते बुधबार आयोजित कार्यक्रममार्फत दुबै वडामा नयाँ नेतृत्व चयन गरिएको हो।
वडा नम्बर १ मा रामचन्द्र चौधरीको नेतृत्वमा समिति गठन गरिएको छ। समितिको उप–सभापतिमा मिना देवी राम चयन भएकी छन् भने सदस्यहरूमा मनेजर साह कानु, रामबाबु चौधरी, अन्जु चौधरी, शंकर चौधरी, सुरेश चौधरी, आशिष चौधरी, सुनिल कुमार साह, मुकेश चौधरी र कल्पना चौधरी रहेका छन्। उक्त समिति रास्वपा मधेस प्रदेश समितिकी सदस्य साजना उप्रेतीको रोहबरमा गठन गरिएको हो।




यस्तै, वडा नम्बर ९ मा कविराज चौधरीको सभापतित्वमा तदर्थ समिति गठन गरिएको छ। समितिको उप–सभापतिमा सम्झना कुमारी नेपाली चयन भएकी छन्। सदस्यहरूमा कौशल चौधरी, राजन ढकाल, बृजकिशोर चौधरी, प्रमानन्द चौधरी, धिरेन्द्र चौधरी, राजपती कुमारी चौधरी र सिकेन्द्र माझी रहेका छन्। सो समिति रास्वपा मधेस प्रदेश समितिकी सदस्य साजना उप्रेती र बारा जिल्ला समितिका सचिव रामहरि खरेलको रोहबरमा गठन गरिएको हो।
समिति गठन कार्यक्रममा रास्वपा कोल्हबी नगर सभापति थानेश्वर पहाडी, उप–सभापति जीतन चौधरी तथा सदस्यहरू मनोज चौधरी, भरत रुम्बा, नन्दु चौधरी, सरीफ रानाभाट, सुनिता चौधरी, रुबि कुमारी र मुकेश मुखियाको उपस्थिति रहेको थियो।
रास्वपाले संगठन विस्तारलाई तीव्रता दिँदै स्थानीय तहमा आफ्नो संरचना मजबुत बनाउने उद्देश्यले वडा तहमा तदर्थ समिति गठनलाई निरन्तरता दिएको जनाएको छ।




