नवीन चौधरी, कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोल्हबी नगरपालिकाका वडा नम्बर ६, ७ र १० मा तदर्थ वडा समिति गठन गरेको छ।
स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यसहित तीनवटै वडामा समिति गठन गरिएको हो।




वडा नम्बर ६ मा बिजेन्द्र ठाकुरको अध्यक्षतामा समिति गठन गरिएको छ। उप–सभापतिमा रामबाबु चौधरी चयन भएका छन् भने सदस्यहरूमा उज्वल चौधरी, गौतम चौधरी, डेविट चौधरी, बिश्वनाथ चौधरी, टारजन चौधरी, ममता कुमारी बन्ठा र सरिता चौधरी रहेका छन्।
यस्तै वडा नम्बर ७ मा गजेन्द्र चौधरीको नेतृत्वमा समिति गठन भएको छ। उप–सभापतिमा निराजन चौधरी चयन भएका छन् भने सदस्यहरूमा सुस्मिता कुमारी पास्वान, सौकत अन्सारी, अनिल चौधरी, रामशरण मुखिया, दिपक चौधरी, शोशिला देवी मलाह र शोशिला कुमारी साह रहेका छन्।
वडा नम्बर १० मा जय गोबिन्द चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ। उप–सभापतिमा लिलाराज चौधरी चयन भएका छन् भने सदस्यहरूमा सुनिल प्रसाद साह, बिन्दु चौधरी, लक्ष्मण राम, हरिनन्दन चौधरी, सुमिन्त्रा चौधरी, अन्चित चौधरी, अर्जुन भण्डारी माली, उर्मिला बि.क. र रन्जना माझी रहेका छन्।
समिति गठन कार्यक्रममा रास्वपा बारा जिल्ला समितिका सचिव रामहरि खलेल, कोल्हबी नगर सभापति थानेश्वर पहाडी, उप–सभापति जीतन चौधरी तथा सदस्यहरू मनोज चौधरी, भरत रुम्बा, नन्दु चौधरी, सरीफ रानाभाट, सुनिता चौधरी, रुबि कुमारी र मुकेश मुखीयालगायतको उपस्थिति रहेको थियो।
नवगठित समितिहरूले पार्टी संगठन सुदृढ गर्दै स्थानीय स्तरका जनसमस्याहरू समाधान गर्न सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




