नवीन चौधरी, कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै बैशाख २४ गते बिहीबार कोल्हबी नगरपालिकाको वडा नम्बर ३ र ४ मा तदर्थ वडा समिति गठन गरेको छ ।
दुवै वडामा आयोजित भेलामा स्थानीयको उल्लेख्य सहभागिता देखिएको र पार्टीप्रति जनआकर्षण बढ्दै गएको दाबी गरिएको छ ।




वडा नम्बर ३ मा प्रेम चौधरीको सभापतित्वमा तदर्थ वडा समिति गठन गरिएको छ । समितिको उप–सभापतिमा करिश्मा चौधरी चयन भएकी छन् । सदस्यहरूमा राजेश चौधरी, रामानन्द राम, मकुनदेव चौधरी, विकेश चौधरी, मिरा कुमारी राम, नजिरा चौधरी, श्याम सुन्दर चौधरी, श्याम चौधरी र नागमनी चौधरी रहेका छन् ।
वडा नम्बर ३ मा आयोजित भेलामा सयौँ स्थानीयको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरूले पुराना दलप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाप्रति विश्वास बढ्दै गएको बताएका थिए ।
यस्तै वडा नम्बर ४ मा विकास गौतमको सभापतित्वमा तदर्थ वडा समिति गठन गरिएको छ । समितिको उप–सभापतिमा निरुता भट्टराई चयन भएकी छन् । सदस्यहरूमा ज्योति बिक (इन्दिरा), शारदा महता, जेसन सेढाई, सन्तोली पासवान, संजय चौधरी, बृजकिशोर बण्ठा, राजु माझी, नन्दा चौधरी र युवराज गौतम रहेका छन् ।
वडा नम्बर ४ मा आयोजित कार्यक्रममा ६० जनाभन्दा बढी स्थानीयको उपस्थिति रहेको जनाइएको छ । 
समिति गठन कार्यक्रममा रास्वपा कोल्हबी नगर सभापति थानेश्वर पहाडी, उप–सभापति जीतन चौधरी तथा सदस्यहरू मनोज चौधरी, भरत रुम्बा, नन्दु चौधरी, सरीफ रानाभाट, सुनिता चौधरी, रुबि कुमारी र मुकेश मुखियाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेताहरूले कोल्हबी क्षेत्रमा वैकल्पिक राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वको आवश्यकता रहेको बताएका थिए ।




