
कलैया । बाराको सदरमुकाम कलैयामा खसीको मासुको नयाँ मूल्य निर्धारण गरिएको छ। बजारमा मासुको मूल्यमा एकरूपता कायम गरी उपभोक्तालाई राहत दिने उद्देश्यले बारा उद्योग वाणिज्य संघ ले नयाँ दररेट सार्वजनिक गरेको हो।
संघका वाणिज्य उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन) को अध्यक्षतामा आइतबार बसेको बैठकले स्थानीय मासु व्यवसायीहरूसँग छलफल गरेर नयाँ मूल्य समायोजनको निर्णय गरेको जनाएको छ।




निर्णयअनुसार छालासहितको खसीको मासु प्रतिकिलो १ हजार ५० रुपैयाँ तथा छाला नभएको खसीको मासु प्रतिकिलो १ हजार १ सय रुपैयाँ कायम गरिएको छ। संघले यो निर्णय तत्काल लागू हुने जनाएको छ।
साथै, निर्धारण गरिएको मूल्यसूची पूर्ण रूपमा पालना गर्न सबै मासु व्यवसायीलाई निर्देशन दिइएको छ। तोकिएको दररेटमै उपभोक्तालाई मासु बिक्री गर्न आग्रह गर्दै संघले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने बताएको छ।


यो वेवसाइट चेरवन्त खबर आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बारा जिल्लाको चेरवन्त भेग सहित देशका हरेक क्षेत्रका सुचना तथा समाचार प्रकाशन र सम्प्रेषण गर्ने उदेश्यले संचालनमा ल्याइएको हो ।

डि. एण्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर
ठेगाना :- कोल्हबी नगरपालिका वडा नं. १ कोल्हबी (बारा)
दर्ता नं. २३५४०२/०७६/०७७
पान नं. ६०९७३१६८०
इमेल:- cherwantkhabar@gmail.com
सम्पर्क नम्बर:- ९८६५५००९७९


प्रकाशक :- डि. एण्ड टि. मिडिया प्रा. लि.
अध्यक्ष :- नवीन चौधरी
प्रधान सम्पादक :- नन्देश्वर चौधरी
प्रवन्धक/सह-सम्पादक :- बिवेक चौधरी
कानुनी सल्लाहकार :- अधिवक्ता विशाल चौधरी
सम्वाददाता
बारा :- बुधन चौधरी
रौतहट :- रुपेश यादव
पर्सा :- राम किशोर चौधरी

© 2026 Cherwant Khabar - All Copyrights reserved | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Zwicky Technology
