पर्सा । वीरगञ्ज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ।
२०६४ सालदेखि महानगरमा स्थायी रूपमा कार्यरत मेस्तर्नीको बैशाख ४ गते निधन भएपछि महानगरले शोक सभा आयोजना गरी दिवंगतप्रति सम्मान प्रकट गरेको हो।

शुक्रबार बिहान महानगर परिसरमा आयोजित शोक सभामा महानगर प्रमुख राजेशमान सिंह, प्रशासन प्रमुख शुनिल कुमार कर्ण लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
महानगरले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै अत्यावश्यक सेवाबाहेक आजका सबै सेवा बन्द रहने जनाएको छ।


