नवीन चौधरी । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बनबहुअरी स्थित श्री कालिका माध्यमिक विद्यालयमा २ वटा एलईडि स्मार्ट टिभी सहयोग गरिएको छ ।
प्राथमिक तह तथा कक्षा १ का बालबालिकाको सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले स्मार्ट टिभी सहयोग गरिएको हो ।




उक्त सामग्री समाजसेवी तथा एस. एण्ड एस. वाटर प्रुफिङ्ग एण्ड सप्लायर्सको मुख्य प्रवन्ध शन्नी देवल फणैतले सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको हो ।
विद्यालयका प्रधानाध्यापक राजेश शर्मा खनाल, वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम फणैतको उपस्थिती तथा रोहबरमा सो सामग्री वितरण गरिएको छ ।
विद्यालय प्रशासनका अनुसार अब बालबालिकाले दृश्य तथा श्रव्य माध्यमबाट अध्ययन गर्न पाउने भएकाले सिकाइप्रति रुचि बढ्नुका साथै शिक्षण प्रक्रिया थप आधुनिक र सहज बन्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न निजी क्षेत्र तथा समाजसेवीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै दाताप्रति धन्यवाद व्यक्त गरेका थिए ।






