सिरहा । कल्याणपुर नगरपालिका ४ का पूर्ववडाध्यक्ष तथा जसपा नेपालका स्थानीय नेता राजेश्वर यादवले रास्वपामा गएको भन्दै आएको समाचारको खण्डन गरेका छन् । यादवले एक भिडियो जारी गर्दै आफू रास्वपामा गएको कुरा गलत भएको र जसपामै यथावत् रहेको बताएका हुन् ।
आफू व्यक्तिगत लाभका लागि भन्दा पनि मधेश र मधेशी जनताका लागि राजनीति गरिरहेको भन्दै उनले आफूले पार्टी छाड्ने कुरा सोच्न पनि नसक्ने बताए । रास्वपाका यहाँका केही व्यक्तिले उनी जसपा छाडेर रास्वपामा प्रवेश गरेको भनी फेसबुकमा पोष्ट गरेका थिए ।
यसप्रति आपत्ति जनाउँदै उनले रास्वपाका यहाँका मान्छेहरूले जमानत जफत हुने डरले सामाजिक सञ्जालमार्फत् जनतालाई भ्रमित पार्न खोजेको भन्दै उनीहरू फेसबुकमै सिमित रहने र जसपा यस क्षेत्रमा सानदार मतका साथ जित्ने दाबी गरे ।