काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षा यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।




परिक्षा बोर्डका अनुसार यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फारम भरेका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए ।
लिङ्गगत विवरणअनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।



