चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. १ स्थित ब्रह्मस्थान पोखरी नजिक आइतबार साँझ एक पाँच वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा पिपरा टोल निवासी गौरी शंकर शाह कलवारका पाँच वर्षीय छोरा कृष शाह कलवार रहेका छन्।


स्थानीयका अनुसार खेल्ने क्रममा बालक पोखरीमा डुबेका थिए। घटनापछि तत्काल खोजी गरी उनलाई पोखरीबाट बाहिर निकालिए पनि ज्यान जोगाउन सकिएन।
घटनापछि गाउँमा शोकको वातावरण बनेको छ। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


