काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आज केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछाने को आह्वानमा वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ९ बजे बैठक बस्ने तय भएको हो।




पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकमा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीबारे मुख्य रूपमा छलफल हुनेछ। रास्वपाले आगामी भदौ वा असोज महिनाभित्र पहिलो महाधिवेशन सम्पन्न गर्ने योजना अघि बढाएको जनाएको छ ।






