नवीन चौधरी, कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ६ मा रहेका जनता माध्यमिक बिद्यालय ककडी प्रसौनाका व्यवस्थापन समिती सदस्य उपेन्द्र चौधरी एसईईको नतिजा बारे नै अनभिज्ञ रहेको छ ।
नगरले प्रकाशन गरेको नतिजालाई बेवास्ता गर्दै जिल्लाले सार्वजनिक गरेको नतिजालाई आधार मानेर समाजिक संजालमा दिएको प्रतिक्रिया अनुसार उनी आफ्नो बिद्यालय बारे अनभिज्ञ रहेको बुझिएको छ ।




हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विद्यालयबाट सहभागी ६१ विद्यार्थीमध्ये केवल ४ जना मात्र उत्तीर्ण भएको समाचार प्रती उनले समाचार झुठो हो भनी प्रतिक्रिया दिएका छन् । जिल्लाले प्रकाशन गरेको नतिजा प्रस्तुत गर्दै सो प्रतिक्रिया दिएका हुन् । जिल्लाले ६१ जनामा २१ जना उतिर्ण भएको बतएका छन् ।
चेरवन्त खबरले कोल्हबी नगरका शिक्षा प्रमुख मिश्रीलाल साह सङ्ग लिएको तथ्यांक अनुसार समाचार लेखेको थियो । तर व्यवस्थापन समितिका सदस्य उपेन्द्र चौधरीका अनुसार २१ जना नै उतिर्ण भएको छ । र यदि छ भने को को उतिर्ण भए सो कुरा पनि जानकारी गराए हुन्थ्यो भन्ने जिज्ञासा रहेको छ ।
नगरले प्रस्तुत गरेको तथ्यांक गलत हो भने नगरका कर्मचारी दोषी हुन र यदि जिल्लाले प्रस्तुत गरेको नतिजा नतिजा गलत हो भने जिल्ला दोषी छन् । नगरले दिएको तथ्यांक अनुसार समाचार सम्प्रेषण गर्दा समाचार र संचार माध्यम नै फेक हो भन्ने अभिव्यक्ति अमर्यादित रहेको पुष्टि भएको छ । नानी देखि लागेको बानी र आफ्नो आङको जुम्रा नदेख्ने अरुको भैंसी मात्रै देख्ने उखान झै भएको देखिन्छ ।
कुरा यति मात्र होईन बिद्यालय व्यवस्थापन समितिकै सदस्य गम्भीर नहुनु, बिद्यालयको नतिजा सम्बन्धि जानकारी नहुनु लज्जास्पद र हास्यास्पद रहेको स्थानीयहरु भनाई रहेको छ ।
बिद्यालय जस्ता संवेदनशिल र मर्यादित क्षेत्रमा जिम्मेवार व्यक्ति हुनु पर्ने ठाउँमा चौधरी जस्तो सदस्य हुनु त्यस क्षेत्रकै लागि दुर्भाग्य रहेको जानकारहरु नताउछन ।
स्थानीयका अनुसार यस्तै व्यक्तिहरु जिम्मेवार पदमा बसेर बिद्यालयको नतिजा खस्केको हो । बिद्यालयमा राजनैतिक मात्रै गर्ने, शिक्षकहरुलाई थिचो मिचो गर्ने प्रवृत्तिले शिक्षा क्षेत्र धराशायी बन्दै गएको आरोप रहेको छ ।






