चन्द्रपुर । रौतहटको बौधीमाई नगरपालिकाका विभिन्न विद्यालय भवन निर्माण योजनाको ‘चिठी बिक्री’ भएको आरोपलाई लिएर मधेश प्रदेशकी रानीकुमारी तिवारी र प्रदीप यादव बीच सोमबार मन्त्रालयमै विवाद भएको छ।
मेयर यादवले मन्त्रालयबाट सिधै वडा कार्यालयमा पुग्नुपर्ने योजनासम्बन्धी चिठी अनाधिकृत व्यक्तिमार्फत बिक्री वितरण भइरहेको आरोप लगाए।




उनका अनुसार रौतहटका विद्यालय भवन निर्माण योजनाको चिठी लिन सर्लाही र पर्साका व्यक्तिहरूले फोन गरेर बार्गेनिङ गर्ने गरेका छन्।
यता मन्त्री तिवारीले कार्यालय समयपछि मेयर यादव आएर आधारहीन आरोप लगाएको बताइन्। उनले विषयमा छानबिन गरिने र गलत भेटिए कारबाही हुने प्रतिक्रिया दिएकी छन्।






