लहान । लहानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति युवा आकर्षण बढ्दै गएको छ। स्थानीय युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ६३ जनाले विभिन्न पार्टी छोडेर रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा रास्वपा नेता पुरुषोत्तम यादव प्रमुख अतिथि थिए। कार्यक्रममा लहानका विभिन्न वडाबाट सदस्यहरूको उल्लेखनीय सहभागिता देखियो।
नयाँ सदस्यहरूमा बाली गुप्ता, बिकी सुनी, बिनोद चौधरी, अम्रेस, बरुन रौनियार, बिबेक साह, बिनेस झा, सन्दिप कुमार साह, अमर यादव, सुवास दास, रञ्जित कुमार साह, गणेश साह, विजय कुमार यादव लगायत रहेका छन्।
कार्यक्रम आयोजक ओमप्रकाश शर्माका अनुसार, देशमा परिवर्तनको चाहना र वैकल्पिक राजनीतिप्रति युवा विश्वासले रास्वपामा आकर्षण बढाएको हो। सहभागीहरूलाई पार्टीको नीति, विचार र भावी योजनाबारे जानकारी दिँदै स्वागत गरिएको थियो।