नवीन चौधरी, कोल्हबी । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कमिटी गठन गरिएको छ। बिजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरेको हो।
नवनिर्वाचित कमिटीको सभापतिमा त्रीभुवन चौधरी चयन भएका छन् भने उपसभापतिमा उमेश यादव र सचिवमा कुन्दन चौधरी चयन भएका छन्।




यसैगरी सदस्यहरूमा ललिता माझी, मुर्ति देवी राम, लिलावती महतो, सबिता देवी चौधरी, रामबाबु साह, रामनारायण बिन मुखिया, घनेन्द्र चौधरी र ब्रमनारायण यादव चयन भएका छन्।
भेलामा सहभागी वक्ताहरूले गाउँस्तरबाट पार्टी संगठन विस्तार गर्दै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
साथै आगामी दिनमा वडा स्तरमा पार्टीलाई अझ सशक्त बनाउँदै संगठन विस्तार अभियानलाई तीव्रता दिने निर्णयसमेत गरिएको जनाइएको छ।






