बारा । करैयामाई गाउँपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, तेतरियामा शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिको वार्षिक कार्यतालिका अनुसार आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष उमेश प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने विद्याय व्यबस्थापन समिति सदस्यहरू मनोज साह, रुवावती देवी चौधरी र शिलादेवी पासवानको उपस्थिति रहेको प्रधानाध्यापक गोपाल चौधरीले जानकारी दिनु भयो।
पहिलो चरणमा कुल १५१ जना विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ। कक्षागत विवरण अनुसार कक्षा १ मा १६ जना, कक्षा २ मा १७ जना, कक्षा ३ मा २१ जना, कक्षा ४ मा २१ जना, कक्षा ५ मा २४ जना, कक्षा ६ मा १७ जना, कक्षा ७ मा ७ जना र कक्षा ८ मा १८ जना विद्यार्थी रहेका छन्।
विद्यालय प्रशासनका अनुसार बाँकी विद्यार्थीहरूलाई भोलि पाठ्यपुस्तक वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रममा उपस्थित शिक्षकहरू दिपु कुमार चौधरी, श्याम चौधरी, अर्जुन चौधरी, सौखी यादव, भिखारी प्रसाद चौधरी, कौशल्या चौधरी र रन्जना चौधरीले शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

विद्यालयले समयमै पाठ्यपुस्तक वितरण भएपछि विद्यार्थीहरूको पठनपाठन सहज र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेको छ।


