काठमाडौं । सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धानका लागि दुवै जनालाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो। दुवै जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी रहेको छ।



