सिरहा। नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, सिरहा जिल्लाको नरहा गाउँपालिकाको दोस्रो अधिवेशन मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनबाट सर्वसम्मत रूपमा अभय कुमार यादव अध्यक्षमा चयन भएका छन्। यादवको नेतृत्वमा ७ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ।
कार्यक्रममा सिरहा क्षेत्र नं. ३ का उम्मेदवार तथा आमन्त्रित अतिथि लिलानाथ श्रेष्ठ ले युवाहरू नै राष्ट्र निर्माणको मुख्य शक्ति भएको उल्लेख गर्दै संगठनलाई अझ सशक्त, अनुशासित र जनमुखी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए। उनले आगामी दिनमा युवाहरूको सक्रिय भूमिकाले पार्टी र समाज दुवैलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका उपाध्यक्ष तथा क्षेत्रीय इन्चार्ज अमित लामा ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमित श्रेष्ठ को उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न आमन्त्रित अतिथिहरू, स्थानीय नेता–कार्यकर्ता तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।