कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ ९ गते शनिबार आयोजना गर्ने भएको छ। शाखाको कार्यसमितिको बैठकबाट साधारणसभा गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।
महासंघद्वारा जारी सूचनाअनुसार साधारणसभा बिहान ८ बजे महागढीमाई नगरपालिका–१ स्थित विवाह मण्डपमा आयोजना हुनेछ। कार्यक्रममा बारा शाखामा आबद्ध सम्पूर्ण पत्रकारहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।




साधारणसभामा आगामी रणनीति तथा योजना निर्माण, पत्रकार वितरण तथा विभिन्न प्रतिवेदन प्रस्तुत लगायतका विषयमा छलफल हुने जनाइएको छ।
महासंघका सचिव पुजनराज खतिवडाद्वारा जारी सूचनामा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं तथा प्रदेश समिति मधेश प्रदेशलाई समेत बोधार्थ दिइएको छ। 






