काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह ले आफैंसँग राख्ने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह का प्रेस विज्ञ दीपा दाहाल ले गृहमन्त्रीको राजीनामापछि मन्त्रालयको जिम्मेवारी तत्काल प्रधानमन्त्री स्वयंले सम्हाल्ने जानकारी दिएकी हुन्।

गृहमन्त्री सुधन गुरुङ ले राजीनामा दिएसँगै सरकारको महत्त्वपूर्ण मन्त्रालयमध्ये एक मानिने गृह मन्त्रालय नेतृत्वविहीन बनेको थियो। नयाँ गृहमन्त्री नियुक्त नभएसम्म मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह ले नै सम्हाल्ने जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङ को राजीनामाको कारणबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। राजनीतिक वृत्तमा भने यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।


