वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका मा करिब ७ करोड रुपैयाँ आर्थिक अनियमितता भएको आरोप सार्वजनिक भएपछि नगरपालिकाभित्रको आर्थिक अवस्था विवादमा परेको छ।
नगर उपप्रमुख रूवि ठाकुर ले नगरप्रमुख प्रयुक्त चौहान को निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम अपारदर्शी रूपमा खर्च गरिएको आशंका व्यक्त गरेकी छन्।

उनका अनुसार सशर्त अनुदानअन्तर्गत आएको रकमको स्पष्ट विवरण नभएको, कर्मचारीहरूले ११ महिनादेखि तलब नपाएको, जनप्रतिनिधिको भत्ता रोकिएको र ठेकेदारहरूको भुक्तानीसमेत हुन नसकेको अवस्था छ। आर्थिक अव्यवस्थाका कारण नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको बताइएको छ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले समेत आर्थिक अनियमितताको विषयमा छानबिन गरिरहेको जनाइए पनि हालसम्म कुनै ठोस कारबाही नदेखिँदा स्थानीयस्तरमा असन्तोष बढेको छ। आरोपबारे नगरप्रमुख तथा सम्बन्धित अधिकारीहरूले भने कुनै प्रतिक्रिया दिएका छैनन्।


