नवीन चौधरी, कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगरपालिकाको नगर समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
निर्वाचन अधिकृत राजकिशोर गुप्ताको संयोजकत्व तथा प्रदेश समिति सदस्य रोहित बास्तोलाको रोहबरमा सम्पन्न अधिवेशनले नयाँ नगर समिति चयन गरेको हो।
नवगठित नगर समितिको सभापतिमा थानेश्वर पहाडी, उपसभापतिमा जितन प्रसाद चौधरी, सचिवमा मनोज चौधरी, सहसचिवमा नन्दु चौधरी तथा कोषाध्यक्षमा सारजङ्ग थापा सर्वसम्मत रूपमा चयन भएका छन्।




त्यस्तै सदस्यहरूमा राजु चौधरी, मुकेश मुखिया बिन, धर्मेन्द्र ठाकुर ब्राह्मण, नागमणी चौधरी, सुनिता चौधरी, गीता दास, अप्सरा मल्ल र शिवजी खड्का चयन भएका छन्।
जिल्ला प्रतिनिधिमा जगदेव चौधरी, हरिओम साह रौनियार, हिरामणी खनाल र हरिओम मैनाली चयन हुँदा नगर समितिको सल्लाहकारमा भरत रुम्बा तथा भुवाली चौधरी मनोनित भएका छन्।
यस्तै प्रदेश प्रतिनिधिमा राजु घोरसाइने र अशोक महर्जन तथा केन्द्रीय प्रतिनिधिमा भेषबहादुर ढकाल र हेमराज बडाल चयन भएका छन्।
कार्यक्रममा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। निर्वाचन समितिले नवनिर्वाचित समितिलाई फूलमाला तथा अबिर लगाएर सम्मान गरेको थियो।
रास्वपाले कोल्हबीमा नयाँ नेतृत्व चयनसँगै संगठन विस्तार र जनताका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।






