नवीन चौधरी, कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ मा नयाँ नेतृत्व चयन गरेको छ। बेलवा निवासी किरण चौधरीलाई वडा सभापतिको जिम्मेवारी दिइएको हो।
मंगलबार जिल्ला समितिका सचिव रामहरि खरेलको रोहबरमा सम्पन्न भेलाबाट गठन गरिएको तदर्थ वडा समितिको सभापति पदमा चौधरी सर्वसम्मत रूपमा चयन भएका हुन्। स्थानीय तहमा पार्टी संरचना सुदृढ गर्ने उद्देश्यसहित समिति गठन गरिएको र आगामी दिनमा संगठन विस्तारलाई थप तीव्रता दिने बताइएको छ।




नवगठित समितिको उप–सभापतिमा पवित्रा खातुन चयन भएकी छन्। त्यस्तै सदस्यहरूमा बृज किशोर चौधरी, जलेन्द्र प्रसाद चौधरी, बिमल देवी चौधरी, शिवा चौधरी, सबिता कुमारी राम, सन्झा कुमारी चौधरी, उमेश चौधरी र गोलिया राम रहेका छन्। यसरी ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
समिति गठन कार्यक्रममा रास्वपा बारा जिल्ला समितिका सचिव रामहरि खरेल, कोल्हबी नगर सभापति थानेश्वर पहाडी, उप–सभापति जीतन चौधरी लगायतको उपस्थिति रहेको थियो। साथै सदस्यहरू मनोज चौधरी, भरत रुम्बा, नन्दु चौधरी, सरीफ रानाभाट, सुनिता चौधरी, रुबि कुमारी र मुकेश मुखीयालगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नयाँ नेतृत्वले वडा तहमा संगठन विस्तार, जनसम्पर्क मजबुत बनाउने तथा स्थानीय मुद्दाहरूमा सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले पार्टीको नीति, कार्यक्रम र विचारलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउँदै सुशासन र पारदर्शितामा जोड दिनुपर्नेमा पनि जोड दिएका थिए।




