नवीन चौधरी, कोल्हवी । बाराबारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ४ सपही स्थित हिमचुली एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। 
कोल्हबी नगर क्षेत्रको समग्र शैक्षिक स्तर खस्कँदै गएको चर्चा चलिरहेका बेला, यस एकेडेमीले उत्कृष्ट नतिजा पस्किएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।




बिद्यालयका अनुसार यस पटकको परीक्षामा सहभागी कुल ३१ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। स्थानीय दिपेन्द्र रसिक सुवेदीले दिएको जानकारी अनुसार, १ जना विद्यार्थीले ‘ए प्लस’ , १९ जनाले ‘ए’ , १० जनाले ‘बी प्लस’ र १ जनाले ‘बी’ ग्रेड प्राप्त गरेका छन्।
विद्यालयका प्रमुख विष्णु देवकोटाका अनुसार, विद्यार्थी योगेश कुमार चौधरीले ३.६१ जिपिए प्राप्त गर्दै विद्यालयमा सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्। विद्यालयको नतिजा विवरण अनुसार अन्य विद्यार्थीहरूले पनि उच्च अंक प्राप्त गरेका छन्।
जसमा ३.५४ जिपिए सहित अनिश पौडेल र ३.५३ जिपिए सहित आरश्मिका कुमारी रामले पछ्याएका छन्।गुणस्तरीय शिक्षामा जोडनगरको शैक्षिक अवस्था सुधारोन्मुख बनाउन विद्यालयले निरन्तर प्रयास गरिरहेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यार्थीहरूको कडा परिश्रम, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको सहयोगका कारण यो सफलता सम्भव भएको प्रमुख देवकोटाले बताउनुभयो। यो उत्कृष्ट नतिजाले कोल्हबीको शैक्षिक क्षेत्रमा नयाँ उत्साह थपेको स्थानीयको बुझाइ छ।






