सिरहा । नेकपा एमालेका मिर्चैया नगर कमिटी उपाध्यक्ष एवं यस क्षेत्रका चर्चित युवा नेता अशोक चौधरी जसपा नेपालमा प्रवेश गरेका छन् । चौधरी शुक्रबारदेखि औपचारिक रूपमा जसपा नेपालमा प्रवेश गरेका हुन् ।
चौधरीलाई मधेशका प्रभावशाली नेता, जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष एवं सिरहा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकिशोर यादवले अबिर लगाउँदै पार्टी प्रवेश गराए । त्यसक्रममा नेता यादवले मधेशी जनताको आफ्नो घर जसपा नेपाल नै भएको बताए ।
नवप्रवेशी युवा नेता चौधरीले सिरहा ४ मा थुप्रै उम्मेदवार भए पनि सबैलाई हेर्दा अन्तिममा आफू यहाँका लागि सशक्त नेता राजकिशोर यादव नै हुन् भन्ने निष्कर्षमा पुगेको बताए । यहाँका अधिकांश मतदाताले यादवलाई नै मत दिने उनको भनाइ छ ।