वीरगंज । हिन्दुहरुले भव्यरुपमा मनाउने रक्षाबंधन एवम् दाजु–भाई र दिदी बहिनीको सम्बन्धलाई दर्शाउँदै बाराली प्रोडक्शनले प्यारी बहिनिया नामक गीत आफ्नो युट्युब च्यानेलमा लिएर आउने भएको छ । सो थारु रुक्षाबंधन गीत साउन १६ गते आफ्ना दर्शक माझ प्रदर्शन गर्ने बाराली प्रोडक्शनले जनाएको छ ।
पछिल्लो समयमा थारु बारी हम थारु थारु गीतलाई बजारमा ल्याई ख्याती कमाएका थारु कलाकार एवम् निर्माता अजय चौधरीको मुख्य भुमिका रहेको रक्षाबंधनको गीतमा बर्षा चौधरी, रामप्रित चौधरी र करिश्मा चौधरीको पनि अभिनय रहेको छ ।
भाइ बहिनीको मायालाई देखाउँने अभिलाषा बोकेका सो गितमा शब्द, रचना तथा स्वर सरगम चौधरीको रहेको छ भने उनलाई गायिका मौसम चौधरीले आफ्नो सुमधुर स्वर दिएर साथ दिएकी छिन् ।
जि. म्युजिक रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएका सो गीतमा टुक्रा टुक्रा संगितलाई एक ठाउँमा जोडेर मनमोक बनाइदिने संगितकार गणेश चौधरी रहेको कोरसमा स्वर दिएका गायक निरु चौधरी र आरजु चौधरीले चेरवन्त खबरलाई बताए ।
हालै छायाङ्कन सम्पन्न गरिएका सो गीतको म्युजिक भिडियोमा सावन चौधरीले निर्देशन रहेको छ भने भिडियोग्राफी र इडिट राज गुप्ताले गरेका छन् । त्यस्तै पोस्ट प्रोडक्शनमा रिल स्टेशन सिमरा र प्रोडक्शन म्यानेजर श्री चौधरी रहेको राष्ट्रिय थारु कलाकार मंच बाराका उपाध्यक्ष राजन चौधरीले जानकारी दिनु भयो । https://youtube.com/@baraliproduction?si=NK-GiIIqL5BaWAcj






















