कलैया । पर्साका पत्रकार आशु सुर्राफलाई यस बर्षको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको तेस्रो स्मृति सभाको अवसरमा आयोजित समारोहमा सर्राफलाई सम्मानस्वरूप नगद रू २१ हजारसहित पुरस्कार प्रदान गरिएको हो।
पत्रकार आशु सर्राफलाई प्रदान गरिएको यस वर्षको पुरस्कारले निष्पक्ष, उत्तरदायी र समाजमुखी पत्रकारितालाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको छ।
समारोहमा उपस्थित सरोकारवाला, पत्रकार तथा परिवारजनहरूले स्व. सर्राफको स्मृतिमा स्थापित पुरस्कारले पत्रकारिताको क्षेत्रमा सक्रिय रहन सबैलाई प्रोत्साहन मिल्दै आएको बताएका छन्।






















