Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

बसपार्क क्षेत्रमा बढ्दो यौन व्यवसाय र मानव तस्करी, प्रहरीकै संलग्नता शंकास्पद

बसपार्क क्षेत्रमा बढ्दो यौन व्यवसाय र मानव तस्करी, प्रहरीकै संलग्नता शंकास्पद

वीरगञ्ज । पर्सा जिल्लाको केन्द्र वीरगञ्जस्थित मुख्य बसपार्क क्षेत्र पछिल्लो समय यौन व्यापार र मानव तस्करीको खुला अखडा बन्दै गएको छ। यात्रुको चहलपहल रहने यो संवेदनशील क्षेत्रमा कानुनी अपराध खुलमखुला भइरहँदा सुरक्षा निकायहरूको भूमिकामाथि गम्भीर शंका उत्पन्न भएको छ।

स्थानीय स्रोतहरूका अनुसार, बसपार्क आसपासका होटल, साना रेस्टुरेन्ट र छाप्रा संरचनाहरूमा रातको समयमा यौन व्यवसाय चलाइन्छ, जुन प्रायः प्रहरीको जानकारीमा नै हुने गरेको बताइन्छ। कतिपय स्थानहरूमा त प्रहरीकै मिलेमतोमा यस्तो गैरकानुनी कार्य सञ्चालन हुँदै आएको आरोप लागेको छ।

“राति ९ बजेपछि प्रभु हस्पिटल जाने बाटो र बाईपास क्षेत्रमा यस्ता गतिविधि खुलेआम सञ्चालन हुन्छन्,” एक स्थानीय होटल व्यवसायीले नाम नखुलाउने शर्तमा बताए। “कतिपय होटलहरूमा प्रहरीको संरक्षणमा यौनधन्दा चलिरहेको छ,” उनले थपे।

यस क्षेत्रमा न केवल भारतका सीमावर्ती जिल्ला, तर नेपालकै दुर्गम ठाउँबाट पनि युवतीहरू ल्याइने गरिएको पाइएको छ। केही आर्थिक अभावले गर्दा आफैं बाध्य भएर यौन व्यवसायमा लागेका छन् भने, अरूलाई जबरजस्ती तस्करी गरेर ल्याइएको अनुमान गरिएको छ।

नेपालमा लागु मानव–तस्करी (नियन्त्रण तथा सजाय) ऐन, २०६४ अनुसार जबरजस्ती यौनधन्दामा लगाउनु, वा त्यसको व्यापार गर्नु गम्भीर आपराधिक कार्य हो, जसमा कडा कानुनी सजायको व्यवस्था छ। तर व्यवहारमा यस्तो अपराध नियन्त्रणभन्दा बाहिर गएको देखिन्छ।

यस विषयमा प्रहरी प्रशासन भने मौनजस्तै छ। जनताको सुरक्षाका लागि खटिनुपर्ने निकायमाथि नै संलग्नताको आशंका लाग्नु गम्भीर विषय हो। यदि स्थानीय सुरक्षा संयन्त्र प्रभावकारी हुन्थ्यो भने यस्ता क्रियाकलापहरू यति सहज रूपमा सञ्चालन हुने थिएनन्।

सामाजिक, कानुनी र नैतिक मूल्य मान्यता उल्लङ्घन गर्दै बढ्दै गएको यस्तो आपराधिक प्रवृत्ति रोक्न अब ढिला गर्नुहुन्न। प्रहरी प्रशासनले आफ्नो भूमिकामा सुधार ल्याउँदै दोषीमाथि कारबाही गर्ने साहस देखाउनुपर्छ। साथै, स्थानीय तहदेखि संघीय सरकारसम्मका निकायले गम्भीरता देखाएर समन्वयकारी पहल गर्नुपर्ने देखिन्छ। ज्योती दैनिकबाट …..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराको सिमरा क्षेत्रमा कर्फ्यूको घोषणा जारी, १२ बजेर ३० मिनेट देखि बेलुका ८ बजे सम्म

बाराको सिमरा क्षेत्रमा कर्फ्यूको घोषणा जारी, १२ बजेर ३० मिनेट देखि बेलुका ८ बजे सम्म

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology