होलिको अवसरमा चौधरीले गरे गरिब जनतालाई मासु दान

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 13 सेकेन्ड
Manakamana Gold

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १० बेलवा गाउँ अन्तर्गत अति नै गरिब, दलित र मुस्लिम घर परिवारलाई हिन्दुहरुको महान चाड होलिको शुभ अवसरमा सोही गाउँका युवा कमल बाबू चौधरीले शुभकामना आदानप्रदान गर्दै सम्पुर्णलाई मासु समेत दान गर्नु भएको थियो । चौधरीले निस्वार्थ भावना राख्दै आफू जिवित रहुन्जेल गरिब र असहाय जनताहरुको हक हितका लागि सदैव तत्पर रहने र सधै सहयोग गरि रहने बताए । उनले वडा नम्बर १० अमावको श्री अम्बेश्वरनाथ महादेवको मन्दिरलाई शिवरात्रीको अवसरमा घण्टा दान पनि गर्नु भएको थियो ।

Novel Corona Ads

चौधरीले पर्सा जिल्लाको बिरगंज स्थित बाइपास रोड बसपार्कमा होटल हिमाल एण्ड भन्सा घर संचालन गर्दै आएका छन् । यस अघि पनि चौधरी सामाजिक काममा निरन्तर लागि परेका व्यक्ति रहेको छ । चौधरीले बिरगंज स्थित रहेको मानव सेवा आश्रममा पनि विभिन्न समयमा खाना खुवाउने देखि लिएर सामाग्री वितरण जस्ता कार्यमा सामेल भएका सुनाए । कमल बाबुले आफ्नै पैसा खर्च गरेर आफ्ना गाउका दलित तथा अति नै कमजोर घर परिवारलाई विद्युतको मिटरका साथ साथै चिम पनि जडान गराइ दिएको हो ।

त्यसैगरी विभिन्न समयमा निशूल्क रुपमा खाना खुवाउने जस्ता सामाजिक कार्यमा निकै योगदान गरेको छ । चौधरीले आफ्नो खर्चमा बाराको फेटामा ट्रोनाडो आएको बेला पनि नारायणी उप क्षेत्रिय अस्पताल , नेशनल मेडिकल तथा भरवलियामा ६ दिन नि शूल्क रुपमा खाना खुवाएका थिए ।

Breast Feeding Ads
Incidents Registration

हेर्नू होस भिडियो

Kolhabi Ads
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु