बारा जिल्लाको प्रसौनी गाउपालिकाले गरे दशौं गाउँ सभा सम्पन्न

0 0
Ads here
Read Time:5 मिनेट, 10 सेकेन्ड

चेरवन्त खबर डेस्क

प्रसौनी गाउपालिकाको दशौ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको सभाहलमा सम्पन्न गाउँ सभामा बोल्दै गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले आफुले जनताका स्वास्थ सेवामा सहज पहुचका लागि अहोरात्र लागेको सबै जनतालाई जगजाहेर रहेको बताए ।

cold baat bachau

गुप्ताले बिधिको शासनमा प्रसौनी नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।
अध्यक्ष गुप्ताले कुनै पनि भौतिक संरचना नभएको प्रसौनि गाउपालिमा सबै खालका भौतिक संरचना सम्पन्न गराउन लागिपरेको बताए । सबै खालका प्रशासनिक काम गर्न भवन नभएको बेला आफुले गाउपालिका भवन आफ्नो प्रथम प्राथमिकता भएको बताउदै आफुले त्यसको निर्माणमा समेत लागेको अध्यक्ष गुप्ताले बताए ।

tamagadhi emergency add

गुप्ताले यहाका निम्न तप्काका जनताको बालबालिकाका लागि शिक्षामा सहज पहुच पुर्याउन सफल भएको बताएका छन । बिशेष गाउँ सभालाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले आफुले बोल्ने भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताएका छन ।

Breast Feeding Ads

गाउपालिका उपाध्यक्ष गिता साहले कार्यक्रमलाई सम्बोधन गर्दै २० बर्ष पछि संघीयताको पहिलो उपाध्यक्ष बनाएकोमा गाउपालिका का सम्पुर्ण जनतालाई धन्यवाद दिईन । साहले जिल्लाको सबै जसो पालिकामा प्रमुख उप प्रमुख बिच देखिएको बिबादले धेरै काम हुन नसकेको बेला हामी प्रसौनिमा त्यसतो हुन नदिएको बताईन । विभिन्न कठिनाईका बिच हामिले कर्मचारीको मनोबल बढाएर गाउपालिकाको समग्र बिकासमा लागेको बताईन ।

Kolhabi Ads

गाउपालिका स्तरिय सबै योजना गाउपालिकाको जनताको लागि टुक्राटुक्रा गरेर नगराएको बताउदै सबै गाउपालिका स्तरमा भएको काममा मेरो सहमतिमा भएको र आफु र अध्यक्ष मिलेर बिकास गराएको बताईन । गाउपालिका भित्रका हरेक महिलाको साझा प्रतिनिधित्व आफुले गरेको र सबै महिलाका लागि आफू सदैव लड्ने बताईन । हरेक नया प्रमुख प्रशासकिय अधिकृत आउदा आफ्नो अनुसार फाईल ल्याउने गरेकाले अत्यन्तै कठिनाई हुने गरेकाले यसमा स्थायीत्व का लागि आग्रह गरिन ।

गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले पालिकाको सबै कर्मचारी गाउ सभाबाट पारित नीति तथा कार्यक्रम पुर्ण सफल र सम्पन्न गराउन दिनरात एक गरेर लागि पर्ने गरेको ठोकुवा गरे । केशरीले गाउ सभा हामी कर्मचारीहरुको लागि उर्जाको श्रोत भएको बताएका छन । केशरीले दशौ बिशेष गाउसभा आफैमा एतिहासिक रहेको बताउदै गाउँ सभाले निर्धारण गरेका योजना कार्यान्वयनमा युद्धस्तरमा लागिपर्ने बताए ।

गाउपालिका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु क्रमशः लालबाबु मुखिया,सुरेश कुमार गुप्ता,बैजनाथ साह कानु,आनन्द गुप्ता,सनै साह तेलि,बृजकिशोर कुश्वाहा,राममणी गुप्ता,लेखा अधिकृत प्रेमबाबु प्रसाद सहित समस्त शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आज सम्म एउटा पनि तालिम नगराईएको वडा नम्बर ४ का अध्यक्ष आनन्द गुप्ताले बताए । वडा अध्यक्ष गुप्ताले आफुहरु बिना तालिमको पनि सबै वडा अध्यक्षले धेरै सराहनीय काम गरेको भन्दै धन्यवाद दिदै फेरि जनताले सहि निर्णय गरेर हामिलाई नै सेवा गर्न छान्नेमा बिश्वास ब्यक्त गरे ।
गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले स्वागत गरेको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए । हटलाइन निउजबाट साभार

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।