जनमत पार्टीका कार्यकर्ताद्वारा गौरमा बिरोध प्रदर्शन

0 0
Ads here
Read Time:3 मिनेट, 33 सेकेन्ड

दिपेन्द्र रजक (दिपु)

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौरमा सरकारको विरुद्धमा प्रदर्शन गरेका छन । पार्टी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा तुल ब्यानर सहित दर्जनौंको संख्यामा गएका जनमत कार्यकर्ताहरुले विभिन्न १० सुत्रीय माग सहित गौर बजारमा प्रदर्शन गरेको हो ।

raining add

किसानको जायज माग पुरागर,निर्दोष कार्यकर्तालाई बिनासर्त अबिलम्ब रिहागर,प्रहरी दमन बन्द जस्ता नारा लगाउंदै बिपि चौक बाट सुरुभै गौर भन्सार सम्म पुगेर पुनः बिपि चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

tamagadhi emergency add

कोणसभामा जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष अब्दुल खान,केन्द्रिय समाज कल्याण बिभाग प्रमुख बिरेन्द्र साह लगायतका नेताहरूले कृषि प्रधान देश नेपालमा मधेशका ९० प्रतिशत भन्दा बढी जनता कुनै न कुनै रूपमा कृषिमा आधारित रहेको र सरकारले मलखाद,बीउ,सिचाइको सुबिधा नदिएर किसान संग विभेद गरिरहेको बताएका थिए ।

Breast Feeding Ads

किसानले आफ्नो माग पूरा गराउन आन्दोलन गर्दा जायज माग संबोधन गर्नुको साटो किसान माथि दमन गरिरहेको र विभिन्न झुठा मुद्दामा जनमत कार्यकर्ता लाई फंसाईरहेको कोणसभामा नेताहरुले आरोप लगाएका थिए ।
जनमत पार्टीले अघिसारेको मागहरुमा पूरा नभएसम्म आन्दोलन जारी रह्ने तथा आउँदा दिनमा आन्दोलन थप सश्क्त हुने नेताहरूले कोणसभामा चेतावनी दिएका छन।

Kolhabi Ads

जनमत पार्टीले अघिसारेको १० सुत्रीय मागहरुमा किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर ।समयमा मलखाद र बिउ बिजन को व्यवस्था गर । सिचाईको व्यवस्था गर, नसके सिंचाईका लागि विधुत निशुल्क गर ।हावा हुरी, बर्षा तथा मौसमका कारणले भएको बाली नालीको क्षति वापत राहत देउ ।फसलको उचित समर्थन मूल्य निर्धारण गर ।उखु किसान को भुक्तानी गर ।किसान कार्डको व्यवस्था गर ( किसान कार्ड देखाए सिमा नाकामा बजार बाट सामान ल्याउन पाइने व्यवस्था गर ।किसानलाई पनि पेन्सनको व्यवस्था गर । स्वतस् बाली नाली विमा हुने सुनिश्चितता गर । किसान माथि दमन बन्द गर, झुठा मुद्दा खारेज गर । गिरफ्तार आन्दोलनकारी लाई रिहा गर लेखिएको जनमत कार्यकर्ताहरुले प्रदर्शनको क्रममा पर्चा बितरण गरेका थिए। उक्त माग सहित जनमत पार्टीले सोमबार देखि अनिश्चित कालको लागि आव्हान गरेको रौतहट बन्दको खासै प्रभाव परेको देखिएन ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।