
आलिया पेटा ‘पर्सन अफ द ईयर’ घोषित

चेरवन्त खबर डेस्क
बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौँ सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन् ।

उनी सामाजिक सञ्जालमार्फत प्रायः आफ्नो फ्यानलाई जनावरप्रति प्रेम गर्न प्रेरित गर्छिन् । यिनै आलिया जनावरको अनुकूल फेसन उद्योगको समर्थनका लागि काम गरेकोमा पीपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) को सन् २०२१ को ‘पर्सन अफ द ईयर’ घोषित भएकी छन् । आलियाले हालै फ्लेदरको फूल कम्पनीमा लगानी गरेकी थिइन् । यो कम्पनी मन्दिरमा फ्याँकिएका फूलबाट शाकाहारी खानेकुरा बनाउने गर्दछ ।

अभिनेत्रीलाई शाकाहारी किड्सवियर लाइनले जनावर र प्रकृतिका लागि जनावरको बच्चालाई पोषण गर्न सहयोग गरेकोमा पेटाले उनलाई सन् २०२१ को ‘इण्डिया फेसन पुरस्कार’ पनि दिएको छ । आलिया विशेषतः बिरालो र कुकुरको पक्षमा वकालत गर्छिन् । उनले मजबुत पशु संरक्षण कानुनका लागि कैयौँ बुँदामा आवाज उठाइसकेकी छन् । एजेन्सी

