महिला खेलमा रौतहटको सानदार जित र फाइनल खेल २९ गते हुने

0 0
Ads here
Read Time:4 मिनेट, 28 सेकेन्ड

तेस्रो कोल्हबी गोल्ड कप २०७६ फाल्गुन २४ गतेको महिला मैत्रीपुर्ण खेलमा बागमती सर्लाहीलाई हराउदै चन्द्रपुर रौतहटका टिम ० को विरुद्ध ५ गोलले बिजय भएको छ । कोल्हबी नगरपालिकाको मुख्य प्रायोजन र जनशक्ति क्लब कोल्हबी, समाज बिकाश युवा क्लब कुमरगढी , सनसाइन युथ क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा कोल्हबी नगरपालिकाको प्रस्तावित रंगशाला वडा नम्बर ६ को कुमरगढी फुटबल मैदानमा भइरहेको कोल्हबी गोल्ड कपको कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनामा स्थापित सनसाइन युथ क्लबका अध्यक्ष बिजय चौधरीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि कोल्हबी नगरपालिकाको उप प्रमुख सुनैना देवि थरुनी रहनु भएको थियो ।

cold baat bachau
उप प्रमुख सुनैना थरुनी बल हस्तान्तरण गर्दै
tamagadhi emergency add

उक्त गोल्ड कपको पहिलो हाफको खेल १० मिनेट पनि नबित्दै रौतहटका जर्सी १० कि सुनिता घलानले पहिलो गोल गरि आफ्ना टिमको लागि खाता खोलेकी थिइन भने खेलको १४ औं मिनेटमा सोही टिमका जर्सी नम्बर ९ लगाएकी रजनी ठोकरले १ गोल थप्न सफल भएकी थिइन र पुनः रजनीले नै खेलको २४ औं मिनेटमा एक गोल गरिन । र रौतहट कै २९ औं मिनेटमा जर्सी १५ की सबिना चौधरी १ गोल गरिन। दोस्रो हाफको २ मिनेटमा रौतहट टिम कै जर्सी नम्बर १८ कि मेनुका आले मगरले अन्तिम १ गोल थप्दै आफ्ना टिमलाई ५ गोलले बिजय गराएकि थिइन । सो महिला मैत्रीपुर्ण खेलमा रौतहट टिमका रजनी ठोकरले उत्कृष्ट खेल प्रदर्शन गरेकि हुनाले उनलाई आयोजक द्वारा म्यान अफ दि म्याच घोषित गरिएको थियो र उनलाई कोल्हबी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा यस नगरका प्रबक्ता पुरन देव चौधरीको सहयोग बाट र वहाँ कै हाथबाट नै एक थान साइकल पुरस्कार प्रदान गरिएको थियो ।

Breast Feeding Ads

कोल्हबी नगरपालिकाको मुख्य प्रायोजनमा गरिएको सो गोल्ड कपमा अर्ना बियर कोल्हबीका बिक्रेता प्रोप्राइटर अभिषेक साह, शिवम ट्रेडर्सका सुकदेव साह रौनियार, उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबी, मामा भान्जा रेडिमेड कोल्हबीका बिक्रम पोखरेल, सुर्य बहादुर खत्री, वेदयान्त पब्लिकेसन प्रा. लि. बनस्थली काठमाण्डौ र श्री जनता मा. बि. ककडी प्रसौनाले सहयोग गरेका छन् ।

Kolhabi Ads

 अनुमानित २१ लाख ९० हजारको लागतमा भइरहेको फाइनल खेल २८ गतेको दिन गराउने भनिएता पनि हिन्दुहरुको महान पर्व होलिको कारणले गर्दा २९ गते गरिने निर्णय भएको छ । र सो फाइनल खेलमा बारा ११ र गोल्डेन स्टार दुहबी सुनसरी बिच हुने भएको छ । उक्त गोल्ड कपको फाइनल खेलमा प्रथम हुने बिजेताले नगद रु. २ लाख र दोस्रो हुने उपबिजेताले १ लाख नगद र सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । २४ गतेका दिन मौसम खराब भएको कारणले गर्दा भेट्रान टिमको खेल २९ गते फाइनल कै दिन बारा र सुनसरी बिच खेल हुनु भन्दा  पहिला नै हेटौंडा मकवानपुर भेट्रान र कोल्हबी नगरपालिका भेट्रान टिम बिच खेल प्रदर्शन हुने मुल कमिटिका कोषाध्यक्ष बिजेन्द्र प्रसाद चौधरीले जानकारी गराउनु भयो।    

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु