कोल्हवीको अनुप दिपनी विद्यालयको अवस्था दैनिय , सम्बन्धित निकाय मौन

0 0
Ads here
Read Time:3 मिनेट, 58 सेकेन्ड

अभय दुबे

बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर १ मा स्थित श्री अनुप दिपनि माध्यमिक बिद्यालयको अवस्था दैनिय रहेको छ। बिधालय व्यवस्थापन समितिको कमी कमजोरीले गर्दा विद्यालय पूर्ण रूपले व्यवस्थित हुन नसकेको जनाएको छ ।

cold baat bachau

वि. सं. २०१० सालमा विद्यालयको दुई तल्ले भवनको स्थापना भएको थियो । सो भवन अनुप दिपनिले निर्माण गरेका थिए । हाल सो भवन भत्किने अवस्थामा आई पुगेको छ। तर व्यवस्थापन समिति मौन रहेका छन् भने स्थानिय निकाय भ्रष्टचारमा लिप्त भएका छन् ।

tamagadhi emergency add

सो विद्यालयमा हाल ११ सय विद्यार्थीहरूको संख्या रहेको छ । विगतको दिनमा उक्त विद्यालयमा विद्यार्थीहरूको संख्यामा अत्यधिक वृद्धि भएता पनि हालको अवस्थामा बिधार्थीहरुको सँख्यामा धेरै कमि आएको देखिने गरेको छ।

Breast Feeding Ads

उक्त विद्यालयको नाममा हाल १६ बिघा जग्गा रहेको छ। र थप बाकी जग्गा बिस्तारै पता लगाउने कार्य भईरहेको बिधालयले जनाएको छ।

Kolhabi Ads

यसै गरी बिद्यालयको बार्षिक आय स्रोत १५ लाख रहेको छ । जसमध्ये ३ लाखको धान , १० लाख नगरपालिकाले लिएको जग्गाको भाडा र २ लाख विद्यार्थीहरुबाट परीक्षा शुल्क संकलन गरी जम्मा १५ लाख पुुग्ने गरेको छ । बिधालयमा कार्यरत शिक्षकहरुमध्ये आधि भन्दा बढी निजी स्रोतले भर्ना गरिएको छ । शिक्षकहरुको तलब भत्ता बार्षिक १८ लाख रुपैयाँ भन्दा बढि हुने गरेको छ । जसको कारण विद्यालयले समयमा शिक्षक हरुलाई तलब भत्ता दिन सकेको छैन । जस मध्ये नगरपालिकाले एक जना मात्र शिक्षक राखेको छ । शिक्षक पदपुर्ति हुन नसक्नुमा नगरपालिका र व्यवस्थापन समिति जिम्मेवार रहेेका छन ।

जिर्ण अवस्थाको भवन सो बिधालयकोका प्रधानाध्यापक रामप्रसाद चौधरी चिन्ता व्यक्त गरेका छन । पुरानो भवनलाई पुनः निर्माण गर्न नसकिने र यसलाई भत्काई पुनः यही ढाँचामा नयाँ भवन निर्माण गर्नलाई विद्यालय सँग आर्थिक आभाव रहेको छ । नगरपालिका को केही चासो नरहेको पछि विद्यार्थीहरूको जिवनसँग खतरा हुन सकिने अनुमान चौधरीले गरीरहेका छन। भोलिको दिनमा अचानक भवन भत्किन गयो भने विद्यार्थीहरूको ज्यान समेत जान सकिने देखिन्छ ।

यो सँगै विद्यालयमा पढ्ने विद्यार्थीहरू नसालु पदार्थ सेवन गर्न थालेको छ । घरमा विद्यार्थीहरूको अभिभावकहरुको लापरवाहीका कारण विद्यार्थीहरू विद्यालयमा समेत नसालु पदार्थहरुको सेवन गर्न थालेका छन । घरका अभिभावकहरुको समेत यसमा मौन भएको देखिन सकिन्छ।

यसरी बिधालयमा पढ्ने बिधार्थी हरुको जिवनसँग खेलवाड भईरहेको देखेर अभिभावक , बिधालय व्यवस्थापन समिति तथा नगरपालिकाले किन मौन बसेका होलान भनि प्रश्न समेत चौधरीले गरेका छन्। शिक्षकहरु बिधालयमा पठाउने मात्र गर्न सकिने बताएका छन।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।