
बारामा विवेकशील साझा पार्टि त्याग गरि ६० जना एमालेमा प्रबेश

चेरवन्त खबर डेस्क
बारा जिल्लाको क्षेत्र न. ४ को प्रदेश सभा प्रत्यासी एवम सामाजिक अभियन्ता जितपुरसिमरा वडा नम्बर ४ औराहा निवासी बिनोद सापकोट लगायत ६० जनाले नेपाल कम्युनिष्ट पार्टि एमालेमा प्रवेश गरेका छन् ।

विवेकशीलका अध्यक्ष रवीन्द्र मिश्रले मनोमानी गरेको भन्दै जितपुरसिमरा उमनपा वडा नम्बर ४ का युवा नारायण सिम्खड, विष्णु पाण्डे, शंकर भट्ट, केयर सिंह कार्की, सर्मिला ढुङगेल लगायत ६० जनाले विवेकशील परित्याग गरि एमाले मा प्रवेश गरेका छन् ।

