समाजबादि प्रेस संगठन बारा जिल्लाका सह-सचीव धिरेन्द्र तिवारी ले दिए पदबाट राजिनामा
चेरवन्त खबर डेक्स, कोल्हवी
समाजबादि प्रेस संगठन बारा जिल्लाको सह-सचीव पदबाट धिरेन्द्र तिवारी ले राजिनामा दिएका छन्।
उनले सामाजिक सञ्जालबाट आज सो उद्घोष गरेका हुन्। साथै उनेले आजबाट फेरी पहिलाको ठाउँ प्रेस चौतारीमा रहने अवगत पनि गराएका छन्।
मङ्सिर १८ गते नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन बाराले जिल्ला समिति गठन गरेको थियो ।सो संगठन पत्रकार अजय साहको अध्यक्षता गठन भएको थियो भने संगठनको उपाध्यक्ष शारदा पोखरेल, सचिव नरेश गुप्ता ,सह सचिव धिरेन्द्र तिवारी र कोषाध्यक्ष सावित्री सर्मा लगायतका पदाधिकारी हरु चयन भएका थिए ।
यसरी एकाएक सह सचिव तिवारी चौतारीमा फर्कनुले चौतारीका सबै हर्षित भएका छन्।