ट्राफिक व्यवस्थापनमा सबैको सहकार्य आवश्यक : जितपुरसिमरा उपमेयर चाैधरी

0 0
Ads here
Read Time:2 मिनेट, 47 सेकेन्ड

 

मनोज कुमार साह
जितपुर बारा , २७ मंसिर

 

cold baat bachau

दुर्घटना न्यूनिकरणका लागि सम्पूर्ण नेपालीले आत्मसात गर्दै ट्राफिक व्यवस्थापनमा सहकार्य गर्नु पर्ने आवश्यक रहेकाे बारा स्थित जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चाैधरीले बताएकी छन् ।

 

tamagadhi emergency add

ट्राफिक प्रहरी कार्यालय जितपुरकाे आयाेजना गरेकाे एक हप्ते ट्राफिक सचेतना अभियानलाई सम्बाेधन गर्दै उपमेयर चाैधरीले देश भरी मैं सवारी दुर्घटनामा प्रदेश नम्बर २ को सुचाङ्क बढि भएकोले यसलाई न्युनिकरण गर्न ट्राफिक नियम बारे सहकार्य गर्न आवश्यक रहेकाे बताएकी हुँन् ।

 

Breast Feeding Ads

ट्राफिक नियमकाे बारेमा जानकारी हुँदा हुँदै पनि त्यस्काे उलंघन गर्नुले आम नेपालीले अकाल मैं ज्यान गुमाउँनु परेकाे बताउँदै उनले सवारी चलाउँदा घरपरिवारकाे ख्याल गर्दै ट्राफिक नियमकाे पालना गर्न उनले आग्रह गरिन् ।

 

 

 

Kolhabi Ads

प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय, पथलैया, बाराकाे निर्देशन अनुसार आयाेजना गरिएकाे एक हप्ते अभियान अन्तर्गत ट्राफिक प्रहरीले  जीतपुर सर्वसाधारणलाई चेतना बढाउँने उद्देश्यले सचेतना मुलक अभियान सञ्चालन गरिएकाे जीतपुरका ट्राफिक प्रहरी ईन्चार्ज एवंम् ट्राफिक प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेतले बताए ।

 

 

अभियान अन्तर्गत ट्राफिक नियमका साथै ट्राफिक नियम उलंघन गरे हुँन सक्ने सम्भावित दुर्घटना र कानुनी कारवाहिको बारेमा समेत जानकारी गराउँने उद्देशयले अभियान सुरू गरिएकाे उनले बताए ।

 

 

अभियानकाे पहिलाे दिन आयाेजित कार्यक्रममा सहभागि नेकपा एमाले पार्टीका जिल्ला सदस्य   मनाेज कुमार साह, सुनिल गुप्ता ,जितपुर युवा कलब का अध्यक्ष भुनेश पासवान  यातायात व्यवसायी, चालक तथा बिभिन्न राजनितिज्ञहरूलाई उपमेयर सरस्वती चाैधरीले ट्राफिक नियम बारे जानकारी लेखिएकाे पम्पलेट बितरण गरेर कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।