बारामा पनि रेशम चौधरीको रिहाइको माग गर्दै बिरोध प्रदर्शन

0 0
Ads here
Read Time:5 मिनेट, 8 सेकेन्ड

कलैया – थरुहट/ थारुवान राष्ट्रिय मोर्चाले गरेको सर्कुलर अनुसार सबै जिल्लामा भ्याएसम्म थारु अगुवाहरुले आन्दोलन गरेको थियो। समग्र थारुको हक अधिकारको लागि केही थारुले आन्दोलन गर्दा पनि थारुको हकमा वकालत गर्ने संस्था थारु कल्याणकारी भने अहिले कानमा तेल हालेर बसेको देखिन्छ । थरुहट/ थारुवान राष्ट्रिय मोर्चाले गरेको सर्कुलर अनुसार बाराका केहि थारुहरु आन्दोलन ग¥यो । केहि बेरका लागि कलैयामा चक्का जाम पनि गरेको छ। तर थारु कल्याणकारीणी सभाको उपस्थिती भने देखिएनन् । यसैले प्रमाणित हुन्छ , बाराका थारुमा घर फुटे गवार लुटे ।

cold baat bachau
tamagadhi emergency add

नेपालको राजनितिक हिसाबले हेर्ने हो , भने सबै भन्दा पुरानो संगठन थारु कल्याणकारीणी सभा नै रहेको छ । थारु कल्याणकारीणी सभा दर्ता भएपछि मात्र नेपाली काँग्रेस , नेपाल कम्युनिष्ठ पार्टी क्रमश दर्ता भएको कुरा सबैमा जानकारी नभएको हैन । तर थारु समुदायको लागि सधै वकाल गर्नको लागि दर्ता गराएका संस्थामा फोहोरी राजनितिक छिरेकै कारणले थारु समुदायको हकअधिकार , माग , मुद्दालाई राज्यले दबाएको भन्नु पर्दा केहि नपर्ला । ईतिहास गवाह नै छ । यसरी भन्नुपर्दा थारु समुदायलाई राज्यले विभेद गरेकै हो ।

Breast Feeding Ads
Kolhabi Ads

फाल्गुन १ गतेदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेको मोर्चाले दोश्रो चरणमा बन्दको कार्यक्रम आयोजना गरेको थियो । मोर्चाको बन्दको क्रममा कंचनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलबस्तु, रुपन्देही, नवलपरासी, बारा, सप्तरी, उदयपुर लगायतको जिल्लामा प्रहरी संग सामान्य भनाभनको स्थिति भएको थियो ।

थारु समुदायको नेता मन्त्री नभएको हैन । सतामा थारु समुदायका नेताहरु पुग्दा सबै आफ्ना समुदायले उठाएका माग र मुद्दा बिर्सने गर्दछन् । यसमा दुई मत नै छैन् । थारुले आफ्ना हक अधिकारको लागि अहिले संघर्ष गर्दै गरेको छ । नेपालको तराईका जिल्लाहरुमा थारु समुदायको बसोबास रहेको छ । तर थारु समुदायमा भने एकरुपता चाहि नदेख्ने गरेको पाईन्छ । सायद यसै कारणले थारु समुदायको माग , मुद्दालाई राज्यले सजिलै दबाउन सकिन्छ होला ।

aiff}{ देखिको शोषण, दमन, विभेद असमानता र उत्पीडनको पीडाबाट मुक्ती खोज्दै अधिकारका लागि उठेको शान्तिपूर्ण थरुहट आन्दोलनको संघर्षमयी यात्रा १३ वर्ष पुरा भइसकेको छ । थारुले उठाउदै आएका जायज एवम् न्यायपूर्ण माग, मुद्दा एवम विशुद्ध संविधानको अन्तरबस्तु संग रहेका अधिकारका १४ बुँदे मुख्य राजनीतिक मागहरु अहिलेसम्म सरकारले सम्बोधन गरेको अवस्था छैन ।

अहिले थारुहरुले आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि २ दिन चक्का जाम गर्ने निर्णय गरेको हो । सोहि अनुसार थरुहट/ थारुवान राष्ट्रिय मोर्चाले थारु समुदायको बसोबास भएको जिल्लामा पनि सर्कुलर गरियो । त्यसैगरी ट्रक तथा यातायात व्यवसायी संघ , उद्योग तथा कलकारखाना , निजी तथा सरकारी विधालय लगायत अन्य विभिन्न स्थानमा आन्दोलनलाई सफल पार्नको लागि तथा एकब्द्धता जनाउनको लागि पत्रचार u/] ।

मोर्चाले संघीय सांसद रेशमलाल चौधरीको रिहाइ सहित १४ बुंदे माग सरकार समक्ष राखि २ दिन थरुहट तराई क्षेत्र बन्दको आह्वान गरेको थियो । फाल्गुन २० र २१ गतेको बन्दमा आन्दोलनकारीको उपस्थिति बाक्लो रहेको थियो । देशैभर एकैपल्ट बन्द गर्दा भौतिक क्षति हुने धेरैले अनुमान गरेका थिए तर छिटफुटका घटना बाहेक बन्दको कार्यक्रम शान्तिपूर्ण रहेको मोर्चाले बताएको छ । सरकारले आफ्नो माग सुनुवाई नगरे थप शसक्त आन्दोलन गर्ने मोर्चाले बताएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु