राजविराज मा जारी महिला क्रिकेट प्रतियोगिता मा बाराको लगातार चौथो जित
सागर घोरसाईने , कोल्हवी
यति बेला राजविराजमा प्रदेश नं २ छनोट खेल भईरहेको छ ।राजविराज मा जारी प्रधानमन्त्री कप प्रदेश नं २ छनोट प्रतियोगिता मा आज पनि जित हासिल गर्दै बारा जिल्ला महिला टिम लगातार चौथो पटक विजयी भएको छ।
बाराका खेलाडी ले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ४ जना आउट हुनै १६९ रन बनाउन सफल भएका थिए भने सप्तरी का खेलाडी हरुले ६८ रन बनाउदा अलआउट हुन पुगे।
बारालाई जित हासिल गराउन प्रतिमा साहले ७१ रन, अलिशा यादवले २२ रन त्यस्तै सोनी कुशवाहा को अविजित १८ रनको योगदान रहेको थियो ।साथै बन्दना गुप्ता र प्रतिमा साह ले समान २-२ विकेट र प्रियंका गुप्ता ,मोनिका साह र निक्की कुशवाहा ले १ – १ विकेट लिनु भएको थियो ।आज काे प्लेयर अफ दि म्याच प्रतिमा साह हुनु भएको छ।