सब डिभिजन मधुवन र बोधबनको सहयोगमा ककडी पाष्टले गरे ठुलो मात्रामा काठ बरामद
चेरवन्त खबर डेक्स ,कोल्हवी
बारा जिल्लाका डिभिजन बन कार्यालय सिमरा मातहतको सब डिभिजन कार्यालय मधुवन, बोधवनको सहयोगमा ककडी पोष्ट कर्मचारीहरुले ठुलो परिमाणमा काठ बरामद गरेका छन् । तिन वटै पोष्टका कर्मचारीको मिलेर सो काठहरु बरामद गरेका हुन् ।
कोल्हबी नगरपालिका भित्रकाका आसपास क्षेत्र र टाँगिया बस्ती छेउछाउको जँगल क्षेत्र भित्र झारपातमा लुकाई छिपाई राखेको बल्लाबल्ली साईजको ११ थानको ५६ क्युफिट काठ बरामद गरेको सब डिभिजन पोष्ट ककडीका प्रमुख एवं फारेस्टर मुकेश कुमार दासले जनाए ।
त्यस्तै २० गते सोमबार राती १२ः१० बजेको समयमा बलुवा गाउाको नाकाबाट साईकल र आरा सहित २ थान गोलाई लगभग ८.६६ क्युफिट काठ बरामद भएको छ भने २१ गते दिनको ११ बजेको समयमा ५ थान गोलाईको करिब ३१.१८ क्युफिट काठ बरामद गरिएको डिभिजन बन कार्यालयका प्रमुख मंजुर अहमदले जानकारी दिनु भएको छ।